FAQs Complain Problems

Photo Gallery

खाँदबारी नगरपालिकाको शिक्षा,युवा तथा खेदकुद शाखाले श्री हिमालय माध्यमिक विद्यालय, खाँदबारीमा आज खाँदबारी नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा ९-१०) हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट जम्मा बाह्र वटा विद्यालयहरु सहभागी रहेका थिए । सहभागी विद्यालयहरु मध्ये श्री जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको छ भने श्री सनसाइन अंग्रेजी माध्यमिक विद्यालय र श्री कुनिना बोर्डिङ स्कुल सेकाहा क्रमःश दोस्रो र तेस्रो भएका छन् । प्रथम हुने कक्षा १० का छात्र नेल्सन रेग्मी र कक्षा ९ का छात्रा करिना ओझाले प्रमाणपत्र सहित नगद रु ६ हाजारबाट पुरस्कृत भएका छन् । दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र सहित नगद रु चार हजार र दुई हाजार क्रमःश प्राप्त गरेका छन ।

     शिक्षा, युवा तथा खेलकुद शाखाले हरेक बर्ष अतिरीक्त क्रियाकलाप अन्तर्गत  हाजिरी जवाफ, निबन्द प्रतियोगित, विज्ञान प्रर्दशनी लगायत प्रतिभाको खोजी आदि जस्ता  क्रियाकलाप संचालन गर्दै आएको छ । आगामी पौष २७ गते अन्तर आधारभूत तह (कक्षा ६-८) हाजिरी जवाफ संचालन गर्ने भएको छ ।

, , , , ,

खाँदवारी नगरपालिका र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त आयाेजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम  अन्तर्गत बृहत सरसफाई कार्यक्रम नगर उप प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य ज्यु काे अगुवाइ साथमा नगर प्रमुख महेश थपलिया ज्यु नगर भित्रकाे विभिन्न क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सहभागी हुनुहुदै ।

मिति 2079/07/2 गते

, , , ,

Pages