FAQs Complain Problems

खाँदवारी नगरपालिकाको संक्षिप्त परिचय

पुर्वाञ्चल बिकास क्षेत्रमा अवस्थित खाँदवारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो । खाँदवारी नेपालका प्रमुख समृद्ध शहरहरु मध्यमा सुन्दर र  विविध सांस्कृतिक विविधता भएको शहर हो । वि.सं. २०५३ माघ १८ गते संखवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालिन मनकामना , पाङमा, र माल्टा गरी ३ वटा गाउँ विकास समितिलाई मिलाएर नगरपालिकाको रुपमा घोषण गरिएको थियो । भौगोलीक रुपमा निक्कै ठुलो क्षेत्रफल ओगटेको यस नगरपालिकामा जम्मा ११ वडाहरु छन् जसको क्षेत्रफल ८२ वर्गकिलोमिटर रहेको छ ।

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र