अपाङ्गता लक्षित कार्यक्रम सञ्‍चालनका लागि प्रस्ताव आह्वानको सूचना।( प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१६)

" समृद्ध खाँदबारी नगर"
खाँदबारी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

अपाङ्गता लक्षित कार्यक्रम सञ्चालनका लागि प्रस्ताव (Proposal) आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१६)
प्रस्तुत विषय महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८३।८४ मा स्वीकृत अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि योग्यता पुगेका इच्छुक गैरसरकारी संस्था, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका क्षेत्रमा कार्यरत संघ संस्थाहरू तथा दर्तावाला सेवाप्रदायक संस्थाहरूबाट प्रस्ताव आह्वान गर्नका लागि अनुरोध छ ।
१. कार्यक्रम सञ्चालनका आधार:
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा सम्बन्धी क्रियालाप
अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा सम्बन्धी क्रियालाप
जिविकोपार्जन वा रोजगारी र स्वरोजगारी सम्बन्धी कार्यक्रम
अपाङ्गता भएका व्यक्ति र अभिभावक वा संरक्षणको सशक्तिकरणसँग सम्बन्धित क्रियाकलाप
सामाजिक विषयसँग सम्बन्धित क्रियाकलापहरु साथै स्थानीय तहमा अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिम सञ्चालन गर्नु पर्न छ ।
२. आवश्यक शर्त तथा योग्यताहरूः
प्रचलित कानून चमोजिम दर्ता भई नवीकरण भएको, स्थायी लेखा नम्बर (PAN/VAT) प्राप्त गरेको र कर चुक्ता प्रमाणपत्र भएको हुनुपर्ने।
अपाङ्गताको क्षेत्रमा कम्तीमा ५वर्ष काम गरेको अनुभव भएको।
संस्थाको विधान, कार्यसमिति गठन तथा लेखापरीक्षण प्रतिवेदन (Audit Report) संलग्न हुनुपर्ने।
३. प्रस्ताव पेस गर्ने प्रक्रिया र अन्तिम मिति:
प्रस्ताव पेस गर्ने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिन कार्यालय समय भित्र ।
प्रस्ताव पेस गर्ने स्थान: खाँदबारी नगरपालिका नगरकार्यपालिकाको कार्यालय, संङखुवासभा (महिला बालबालिका तथा ज्येष्ठनागरिक उपशाखा)
प्रस्ताव पेश गर्दा प्रस्ताव फाराम/निर्देशिका महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाट डाउनलोड गरी वा कार्यालयबाट प्राप्त गरी रीतपूर्वक भरी पेस गर्नुपर्नेछ।
४. अन्य जानकारी:
म्याद नाघी आएका वा रीत नपुगेका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन।
प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहनेछ।
थप जानकारीका लागि :
सम्पर्क व्यक्तिः योगिता निरौला म.बि.नि.
फोन नम्बर: ९८४२११२३८८
ईमेल: mahila.khandbarimun@gmail.com
हिमलाल शर्मा
प्रमुख प्रशासकिय अधिकृत
हिमलाल शर्मा
प्रमुख प्रशासकीय अधिकृत
फोन नं.: आ.प्र- ०२९-५६०२५०, वेबसाइट: www.khandbarimun.gov.np ईमेलः khandbari.mun@@gmail.com