नगरकार्यपालिकाको बैठक बैठक मितिः २०७९/०३/०२ बैठक संख्याः २
समृद्ध खाँदबारी नगर'
खाँदबारी नगरपालिका खांदबारी, संखुवासभा, १ नं. प्रदेश, नेपाल ।
नगरकार्यपालिकाको बैठक
बैठक मितिः
२०७९/०३/०२
बैठक संख्याः २
बैठक प्रारम्भ समयः
विहान ८ः०० बजे
बैठक समापन समयः
बजे
आजको नगरकार्यपालिकाको बैठकले कार्यसूचीका आधारमा देहाय अनुसार निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको छ।
१. खाँदबारी नगरपालिका, संखुवासभाको आसन्न बाह्रौं नगरसभाको सन्दर्भमा आ.ब. ०७९/०८० को लागि वडा समितिले योजनाहरु तर्जुमा गर्दा पालना गर्नुपर्ने मार्गदर्शनहरु देहाय बमोजिम रहने ।
देहाय:
भौतिक पूर्वाधार विकासतर्फ कम्तिमा एउटा आयोजना रु.२० लाख बराबरको छनौट गर्नुपर्नेछ ।
आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास र धर्म, संस्कृती तथा पर्यटन क्षेत्रको विकास तर्फ कम्तिमा रु. १८ लाख बराबरका योजनाहरु छनौट गर्नुपर्नेछ ।
२. २० लाख बराबर रकमबाट बढीमा पाँचवटासम्म मात्र आयोजना छनौट हुने व्यवस्था मिलाउने ।
शिक्षा तथा खेलकुद क्षेत्रको विकासको निमित्त एउटा योजनामा रु. १ लाख नघट्ने गरी कम्तिमा रु. ५ लाख बराबर रकम विनियोजन गर्नुपर्नेछ।
कृषि तथा पशुपंक्षी पालन क्षेत्रको विकासको निमित्त एउटा योजनामा रु. १ लाख नघट्ने गरी रु. १० लाख बराबर रकम विनियोजन गर्नुपर्नेछ ।
भौतिक पूर्वाधार मर्मत सम्भार र विपद व्यवस्थापनको लागि रु. १० लाख बराबर रकम विनियोजन गर्न सकिनेछ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु. ५ लाख बराबर रकम विनियोजन गर्न सकिनेछ ।
प्रशासनिक खर्च, भैपरी आउने तथा विविध खर्चका लागि बढीमा रु. ७ लाख सम्म रकम विनियोजन गर्न सकिनेछ ।
स्वास्थ्य तर्फ बढीमा रु. ५ लाख बराबर रकम विनियोजन गर्न सकिनेछ ।
कुनैपनि योजनामी रु. ५० हजार भन्दा कम रकम विनियोजन गर्न पाइने छैन ।
स्थानीय समुदायलाई प्रत्यक्ष्य फाइदा पुग्ने र बढी जनसहभागिता हुनसक्ने आयोजना मात्र छनौट गर्नु पर्नेछ ।
कम लागतमा बढी भन्दा बढी उपलब्धि हाँसिल हुनसक्ने आयोजनाहरु छनौट गर्नुपर्नेछ ।
तालिम, गोष्ठी जस्ता उपभोगमुखी कार्यक्रमलाई निरुत्साहित गरिएको छ ।
सडक निर्माणका आयोजनाहरु छनौट गर्दा नयाँ ट्राक खोल्ने भन्दापनि पहिला निर्माण भएका सडकहरुलाई बाहे। महिना चल्ने सक्ने बनाउने कार्यलाई प्राथमिकता दिनुपर्नेछ ।
वितरणमूखी कार्यक्रम तथा बजेट छर्ने प्रबृत्तिलाई निरुत्साहित गरिएको छ ।