नगर कार्यपालिकाको बैठक नं ७६

"समृद्ध खाँदबारी नगर
खाँदबारी नगरपालिका खाँदबारी, सङ्खुवासभा, कोशी प्रदेश, नेपाल नगर कार्यपालिकाको बैठक
बैठक सङ्ख्याः ७६-०८३।०८४
बैठक मितिः२०८३।०६।०६ दिनको २:३० बजे
स्थानः खाँदबारी नगरपालिकाको सभा हल
अध्यक्षताः श्री महेश थपलिया (नगर प्रमुख)
आजको नगर कार्यपालिकाको बैठकको कार्यसूचीका आधारमा देहाय अनुसार निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
प्रस्तावहरूः
१. गत कार्यपालिका बैठकको समीक्षा सम्बन्धमा ।
२. नदीजन्य पदार्थ उपयोग, उत्खनन्, व्यवस्थापन कार्यविधि, २०८३ पारित गर्ने सम्बन्धमा ।
३. विपद् व्यवस्थापन समितिको निर्णय अनुमोदन गर्ने सम्बन्धमा।
४. बसपार्कको ठेक्का आह्वान गर्ने सम्बन्धमा ।
५. जग्गा वर्गीकरण सम्बन्धमा ।
६. अनुदानको नुनको कोटा निर्धारण गर्ने सम्बन्धमा ।
७. वृद्धाश्रम सञ्चालन तथा व्यवस्थापन अनुदान कार्यक्रम सञ्चालन सम्बन्धमा ।
८. आ.व. २०८३।०८४ को योजना कार्यान्वयन सम्बन्धमा ।
९. उपचारमा आकस्मिक कोषबाट खर्च गरेको रकम भुक्तानी सम्बन्धमा ।
१०. फोहरमैला व्यवस्थापन सम्बन्धमा ।
११. भूमिहीन, सुकुम्बासीका लागि जग्गा पहिचान र सिफारिस सम्बन्धमा ।
१२. असाधारण विदा माग सम्बन्धमा ।
१३. तलब भत्ता सुविधा सम्बन्धमा।
१४. आर्थिक सहायता अनुमोदन सम्बन्धमा।
१५. पशु सेवा उपशाखाको लम्पी स्कीन डिजिज तथा भेटेरिनरी प्रयोगशाला सञ्चालन व्यवस्थापन सम्बन्धमा ।
१६. तमसुक प्रमाणीकरण गर्ने सम्बन्धमा ।
१७. आवश्यक रकम व्यवस्थापन गर्ने सम्बन्धमा ।
१८. तुम्लिङ्गटार हाटको पशु बधशाला व्यवस्थापन गर्ने सम्बन्धमा।
१९. आदर्श मा.वि. पिप्ले खा.न.पा. ८ मा चमेना गृह व्यवस्थापन सम्बन्धमासिकको निर्णशा आईस
र अधिकारको प्रमाणीकरण (कार्यविधि)
२०. नगरपालिकाका मुख्य सडकहरू मर्मत सम्भार गर्ने सम्बन्धमा ।
निर्णयहरूः
१. खाँदबारी नगरपालिकाको गत कार्यपालिका बैठकका निर्णयहरूको कार्यान्वयन, कार्यान्वयन अवस्था सन्तोषजनक रहेको साथै बाँकी निर्णयहरू कार्यान्वयन गर्दै लैजाने।
२. खाँदबारी नगरपालिकाको "खाँदबारी नगरपालिका क्षेत्रमा नदीजन्य पदार्थ उपयोग, उत्खनन् र व्यवस्थापन कार्यविधि, २०८३" स्वीकृत गर्ने।
३. यस नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको मिति २०८३।०५।२९ को सिफारिस अनुसार मिति २०८३।०५।१० गते भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीका कारण ठूलो जन धनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित तथा पीडित हुनुभएको दुःखद घटना प्रति दुःख व्यक्त गर्दै यस दुःखद प्राकृतिक प्राकृतिक विपद्‌का कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। विपद्‌को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न सङ्घ, संस्था तथा नागरिक तहबाट भईरहेका प्रयासमा खाँदबारी नगरपालिकाको तर्फबाट तपसिल अनुसार सहयोग अनुमोदन गर्ने।
तपसिलः
क्र.सं.
विवरण
सहयोग रकम
कैफियत
१
नगर प्रमुख/उपप्रमुख
७ दिनको पारिश्रमिक
२
वडाध्यक्ष/का.पा. सदस्यहरू
५ दिनको पारिश्रमिक
३
वडा सदस्यहरू
३ दिनको पारिश्रमिक
४
कर्मचारीहरू तथा शिक्षकहरू
सङ्घीय सरकारले तोके बमोजिम
५
नगरपालिकाको विपद् व्यवस्थापन कोष
३ लाख
साथै विपद् व्यवस्थापन समितिबाट यस आ.व.मा भएका सबै निर्णयहरू अनुमोदन गर्ने।


४. खाँदबारी नगरपालिकाको आ.व. २०८३।०८४ को आय ठेक्का अन्तर्गत बसपार्कको ठेक्का रु.५,५०,०००।- (अक्षरेपि पाँच लाख पचास हजार मात्र।। ठेक्का अङ्क कायम गरी सीलबन्दी दरभाउपत्र लागि तीन पटकसम्म सूचना प्रकाशन गर्दा हालसम्म पनि कसैले सिलबन्दी दरभाउपत्र पेस नगरेको र समयसीमा घट्दै गएको हुँदा सोही दररेटको अनुपातमा रहने गरी बाँकी समयका लागि रु. ४,२५,०००।- (अक्षरेपि चार लाख पच्चीस हजार मात्र।। ठेक्का अङ्क कायम गरी पुन ७ दिनको म्याद राखि सिलवन्दी दरभाउपत्र आह्वान गर्ने।
५. यस नगरपालिका क्षेत्र भित्रका जग्गाहरू वर्गीकरण गर्दा विगतमा गरिएको वर्गीकरण त्रुटिपूर्ण भएको, जग्गाको कित्ताकाट रोकिएको र पुन गर्नुपर्ने भएको साथै उक्त कार्यका लागि यस आ.व. मा बजेट समेत विनियोजन भएको हुनाले परामर्श सेवा मार्फत खरिद प्रक्रिया अगाडी बढाउने।
६. नेपाल सरकारबाट अनुदानमा उपलब्ध हुने आयोडिन नुन यस नगरपालिकाका लागि १६०० क्वी. प्राप्त भएको, यस नगरपालिकालाई प्राप्त मध्ये १४०० क्विन्टल नुन सबै वडाहरूबाट प्राप्त घरधुरी विवरणका आधारमा वितरण गर्ने र बाँकी २०० क्विन्टल नुन नगरपालिका मार्फत वितरण गर्ने।
७. कोशी प्रदेश सरकार, सशर्त अनुदान अन्तर्गत यस नगरपालिकामा वृद्धाश्रम सञ्चालन तथा व्यवस्थापन अनुदान (साझेदारी) कार्यक्रम सञ्चालनका लागि रु. ३,००,०००।- (अक्षरेपि तीन लाख मात्र। बजेट प्राप्त भएको तर नगरपालिकामा रहेको वृद्धाश्रम दर्ता, नवीकरण भई सक्रिय रुपमा सञ्चालनमा नभएको हुनाले उक्त कार्यक्रम नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखामार्फत कार्यान्वयन गर्ने।
८. आर्थिक वर्ष २०८३।०८४ का स्वीकृत (वडास्तरीय/नगरस्तरीय) योजना तथा कार्यक्रमहरू तत्काल सुरुवात गर्न सबै वडा कार्यालयहरू र विषयगत शाखाहरूलाई निर्देशन दिने।

९. खाँदबारी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भएका यस नगरपालिकाका प्रथम नगर उपप्रमुख श्री जित बहादुर घिमिरे बिरामी रहेको हुनाले निजको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारार्थ यस नगरपालिकाको आकस्मिक कोषबाट खर्च भएको रु.१,००,०००।- (अक्षरेपि एक लाख मात्र।) अनुमोदन गर्ने।
१०. बजारको फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला सङ्कलन गर्ने स्थानमा स्थायी प्रकृतिको व्यवस्थित डस्टविन राख्नका लागि लागत अनुमान तयार गरी आगामी कार्यपालिका बैठकबाट आवश्यक बजेट व्यवस्थापनका गर्ने।
११. भूमिहीन, सुकुम्बासीका लागि जग्गा पहिचान र सिफारिस गर्नका लागि सबै वडा कार्यालयहरूलाई आवश्यक जग्गा पहिचान गरी सात दिन भित्र नगरपालिकामा सिफारिस गर्न निर्देशन दिने।
१२. यस नगरपालिका अन्तर्गत तुम्लिङ्गटार स्वास्थ्य चौकीमा सि.अ.न.मि. (सहायकस्तर पाँचौ तह) पदमा कार्यरत रमा घिमिरेले असाधारण बिदा माग गरेको हुनाले कोशी प्रदेश सरकारको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८२ को दफा १२१ को (१) कर्मचारीले असाधारण विदा लिनुपर्ने कारण सहित निवेदन दिनुपर्नेछ र कारण मनासिब देखिएमा स्थानीय तहले एक पटकमा एक वर्षमा नबढाई र सेवा भरमा तीन वर्षमा नबाढाई असाधारण बिदा दिन सक्नेछ र (२) असाधारण विदामा बस्ने कर्मचारीले सो अवधि भर तलव पाउने छैन भन्ने प्रावधान रहेको हुनाले निजको माग बमोजिमको असाधारण विदा ऐनमा व्यवस्था भए बमोजिम स्वीकृत गर्ने।

१३. यस नगरपालिकामा गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत श्री नारायण कटुवालको माग निवेदन अनुसार निजको पारिश्रमिक गरिबसँग विश्वेश्वर कार्यक्रम कार्यक्रम अन्तर्गत रु.१५,०००।- र नगरपालिकाबाट रु.७,०००।- गरी जम्मा रु.२२,०००।- रहेको जुन न्यून रहेको हुनाले निजले नगरपालिकामार्फत खाईपाई आएको तलबमा रु. ३,०००।- थप गरी जम्मा तलबमान यस आ.व.बाट रु.२५,०००।- कायम गर्ने ।
१४. नगरपालिकामा हालसम्म पेस भएका तपसिलका आर्थिक सहायता अनुमोदन गर्ने।
तपसिलः
क्र.सं.
सहयोग प्राप्त गर्ने व्यक्तिको नाम
ठेगाना
१
रकम रू.

शर्मिला विश्वकर्मा
खा.न.पा.-१
२०,०००
१५. पशु सेवा शाखाबाट पेस भएका कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक मापदण्ड तयार गर्न पशु सेवा उपशाखालाई निर्देशन दिने र आगामी कार्यपालिकाबाट स्वीकृत गर्ने।
१६. यस नगरपालिका क्षेत्रका नागरिकहरू र विभिन्न साहू महाजनसँग कपाली तमसुक मार्फत रकम लेनदेन भएको र उक्त तमसुकको वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले प्रमाणीकरण छुट भएका, वडा कार्यालयमा रितपूर्वक पेस भएका तमसुकलाई सबै वडा कार्यालयहरूले आवश्यक प्रक्रिया पुऱ्याई प्रमाणीकरण गर्ने।
१७. यसै नगरपालिका वडा नं. ९ मा रहेको मनकामना मन्दिरमा मिति २०८३।०४।२९ देखि २०८३।०५।०९ सम्म सञ्चालन हुन लागि रहेको शिव महापुराणका लागि आ.व. २०८३।०८४ मा विनियोजित कला संस्कृति शीर्षकबाट रु. २५,०००।- (पच्चीस हजार मात्र।। विनियोजन गर्ने।
१८. यस नगरपालिका वडा नं. ९ मा रहेको तुम्लिङ्गटार बजारलाई व्यवस्थित गर्नका लागि बधशालाको स्तरोन्नति गर्न स्वीकृत लागत अनुमान अनुसार बजेट व्यवस्थापन गर्ने।
१९. आदर्श मा.वि. पिप्ले खा.न.पा. ८ को चमेना गृह व्यवस्थापनका लागि स्वीकृत लागत अनुमान अनुसार बजेट व्यवस्थापन गर्ने।
२०. वर्षातका कारण यस नगरपालिकाका वडाहरू जोड्ने मुख्य सडकहरू मर्मत सम्भार गर्नुपर्ने भएकाले ती सडकहरू पहिचान गर्ने र लागत अनुमान स्वीकृत गरी तत्काल कार्य अगाडि बढाउने र उक्त कार्यको आ.व. २०८३।०८४ को मर्मत सम्भार कोषबाट खर्च गर्ने।
आवश्यकता अनुसार बैठक बस्ने गरी आजको बैठक चाँहें अन्त्य गरीयो।