प्र.अ वा करारमा शिक्षक छनौटका लागि विशेषज्ञ सूचीकृत गर्ने सम्बन्धमा।
सुचना प्रकाशित मिति २०८३।०७।१७ गते
प्रधानाध्यापक वा करारमा शिक्षक छनौटका लागि विशेषज्ञ सूचीकृत गर्ने सम्बन्धमा ।
उपर्युक्त विषयमा शिक्षा नियमावली २०५९ (दशौं संसोधन) को नियम ९६ (क) र ९७ बमोजिम सामुदायिक विद्यालयमा प्रधानाध्यापक वा करारमा शिक्षक छनोट गर्ने प्रयोजनका लागि गठन हुने शिक्षक छनोट समितिमा रहने विषय विज्ञका लागि विशेषज्ञ सूचीमा सूचिकृत हुन तपसिल बमोजिम योग्यता पुगेका इच्छुक शिक्षकहरु मध्येबाट बरखास्त आव्हान गरिएको छ। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा विषय विशेषज्ञ सूचीमा सुचीकृत हुन इच्छुक स्थायी शिक्षकहरुले यो सुचना प्रकाशन भएको मितिले २० दिन भित्र तपसिल बमोजिका कागजातहरु सहित यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा निवेदन दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा सुचित गरिन्छ।
तपसिल
१) आवश्यक न्युनतम योग्यता तथा अनुभव
क) आधारभूत तह (प्राथमिक)ः सामुदायिक विद्यालयको दरबन्दी वा राहत अनुदान कोटा वा संस्थागत विद्यालयमा नियुक्त भई सो तहमा कम्तीमा ५ वर्षको शिक्षण अनुभव भएको र शिक्षाशास्त्रमा स्नातक तह उत्तीर्ण स्थायी शिक्षक।
ख) आधारभूत तह (निम्न माध्यमिक): सामुदायिक विद्यालयको दरबन्दी वा राहत अनुदान कोटा वा संस्थागत विद्यालयमा नियुक्ति भई सो तहमा कम्तीमा ५ वर्षको शिक्षण अनुभव भएको र सम्बन्धित विषयमा शिक्षाशास्त्रमा स्नातक तह उत्तीर्ण कम्तिमा निम्नमाध्यमिक तहको स्थायी शिक्षक।
ग) माध्यमिक : सामुदायिक विद्यालयको दरबन्दी वा राहत अनुदान कोटा वा संस्थागत विद्यालयमा नियुक्ति भई सो तहमा कम्तीमा ५ वर्षको शिक्षण अनुभव भएको र सम्बन्धित विषयमा शिक्षाशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण माध्यमिक तहको स्थायी शिक्षक।
घ) प्रचलित कानुनबमोजिम विज्ञका रुपमा कार्य गर्न अयोग्य नठहरिएको हुनुपर्ने छ।
ङ) विषयविज्ञको सूचीमा सूचीकृत हुन वैयक्तिक विवरण फारम पेश गर्दा प्राथमिक तह रु ३००, निम्नमाध्यमिक तह रु ५०० र माध्यमिक तह रु ७०० कार्यालयको आन्तरिक स्रोतमा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ ।
२) निवेदनका साथ संलग्न राख्नुपर्ने कागजातहरु
क. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि थान-१
ख. सम्बन्धित तहको स्थायी नियुक्ति पत्रको प्रतिलिपि थान-१/१
ग. ५वर्षे शिक्षक अनुभव भएको विद्यालयद्वारा प्रमाणित सक्कलै कागजात साथै नियुक्ति पत्र थान-१/१
घ. अद्याबधिक व्यक्तिगत विवरण थान-१
थप सर्तहरु
म्याद नाधी पेश भएका, अपुर्ण वा तोकिएका आवश्यक कागजात पुरा नभएका निवेदन माथि कारबाही गर्न कार्यालय बाध्य हुने छैन।
१. निवेदनका साथ पेस भएका कागजात तथा प्रमाणपत्र झुटा वा गलत ठहरिएमा सम्बन्धित शिक्षकको नाम सूचीबाट हटाइने छ।
२. यस सूचनामा उल्लेख नभएका विषयहरुमा प्रचलित कानुन बमोजिम तथा नगरपालिकाको निर्णय अनुसार गरिनेछ।
३. सूचनाको म्याद अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन निवेदन दरखास्त पेश गर्न सकिनेछ ।
फोन नं: आ.५-०२९-५६०२५०, शिक्षा/आर्थिक १२१, स्वास्थ्य ४४१, प्र.प्र.अ. १४१, उपप्रमूख ३४१, प्रमुख २५४
वेबसाइट: www.khandbarimun.gov.np
ईमेल khandbarian@gmail.com
हिमलाल शर्मा प्रमुख प्रशासकीय अधिकृत